जनकपुरधामको सुरक्षा अस्पतालमा तनाव

जनकपुरधाम ।

उपचारको क्रममा महिलाको मृत्यु भएपछि जनकपुरको रामानन्दचोकस्थित सुरक्षा अस्पताल तनावग्रस्त बनेको छ ।

जनकपुरधाम उपमहानगरपालिका १५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको मृत्यु भएको हो । बुधबार पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी उनको आज शुक्रबार दिउँसो मृत्यु भएको हो ।

उनको मृत्युभएपछि आक्रोशित आफन्तजन र स्थानीयबासिन्दले अस्पतालमा प्रदर्शन गरेका छन् । आफन्तजनले सडक समेत अवरुद्ध गरेका छन् ।

अहिले सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।