कोहलपुर खानेपानीको निर्वाचन तालिका सार्वजनिक




कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको बृहत खानेपानी उपभोक्ता संस्थाको निर्वाचन तालिका सार्वजनिक गरेको छ । गत जेष्ठ २० गते निर्वाचनको तालिका सार्वजनिक गरेतापनि विविध कारणले स्थगित भएको थियो । निर्वाचन अधिकृत कार्यालयको बुधबार बसेको बैंठकले निर्वाचन प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

निर्वाचन अधिकृत कार्यालयले साउन १२ गते बृहत खानेपानी उपभोक्ता संस्थाको निर्वाचन गर्ने निर्णय गरेको हो । कार्यालयले मतदानको मिति तोक्दै ९ दिनको निर्वाचन तालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरेको तालिका अनुसार निर्वाचन प्रक्रिया साउन ३ गतेदेखि सुरु भई १२ गते सम्पन्न हुनेछ ।

निर्वाचन कमिटीले साउन ३ गते मतदाता नामावली सार्वजनिक, ४ गते मतदाता नामावली उपरदावी विरोध, दावी विरोध उपर छानविन, निर्णय र अन्तिम नामावली प्रकाशन, ५ गते उम्मेदवारी मनोनयन फारम वितरण तथा मनोनयन दर्ता, उम्मेदवारको प्रथम नामावली प्रकाशन, ६ गते उम्मेदवारी उपर दावी विरोध, दावी विरोध उपर छानविन तथा दोस्रो उम्मेदवार नामावली प्रकाशन, उम्मेदवारी मनोनयन र्फिता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान, ७ गते नमुना मतपत्र वितरण, १२ गते मतदान, मतगणना र मतपरिणम घोषणा र प्रमाण पत्र वितरण सपथ ग्रहणको तालिका सार्वजनिक गरेको छ ।

निर्वाचन अधिकृत टिकाराम ढकालले तालिका सार्वजनिक भएसंगै तयारी सुरु भएको जानकारी दिए ।

सूचना हेर्नुहाेस् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधबार