नेपालगञ्ज ।
आजदेखि साउन महिना शुरु भएको छ । हिन्दु धर्ममा यो महिनालाई बिशेष मानिएको छ । बिशेषगरी यो महिनामा पर्ने सोमबारलाई बिशेष दिन मानेर पुजा आजा गर्ने गरिन्छ ।
साउनको पहिलो सोमबार नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ । तिथिअनुसार अघिल्लो सोमबार नै साउने सोमबार भएपनि साउन महिना भने आजदेखि शुरू भएको हो ।
साउने सोमबारमा धेरै हिन्दु महिलाहरू व्रत बस्ने, मन्दिर गएर पूजाआजा गर्ने गर्छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० साउन १ गते सोमबार











प्रतिक्रिया दिनुहोस्