कोहलपुरमा बजार अनुगमन सुरु

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले अनुगमन गर्न सुरु गरेको छ । आइतबार विहान साँझा चोकका विभिन्न मासु पसलहरुको अनुगमन गरेको थियो । कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीको नेतृत्वमा अनुगमन गरिएको हो ।

कोहलपुर नगरपालिकाले पहिलो चरणमा सुझाव दिने र दोस्रो चरणमा पुन अनुगमन गरी स्टीकर टाँस गरी कारवाहीको पक्रिया अगाडि बढाउने उपप्रमुख संगिता सुवेदीले बताइन् ।

‘हरियो, पहेलो र रातो गरी ३ स्टिकर प्रकारका हुन्छन्, उनले भनिन्, ‘नगरपालिकाले रातोेमा पर्ने मासु पसलहरु बन्द गराउने छ ।’ अब कोहलपुरमा करिब एक हप्ता भन्दा बढिको निरन्तर अनुगमन गर्ने कोहलपुर नगरपालिका उपप्रमुख सुवेदीले बताइन् ।

यस्तै कोहलपुर नगरपालिका आर्थिक विकास शाखाका प्रमुख विर बहादुर विकले १६ वटा मासु पसलहरु अनुगमन गरेको बताए ।

‘अनुगमनको क्रममा अधिकाँस मासु पसलहरुले सरसफाईमा उचित व्यवस्थापन नगरेको भेटियो,’ ‘पालिकामा दर्ता भएको तर नविकरण नभएको, मुल्य सूची नभएको जस्ता समस्या छन्’ उनले भने ।

यस्तै अनुगमनमा पशु सेवा शाखाका प्रमुख गोविन्द्र बहादुर रोकाय, पशु विकास शाखाका अधिकृत तिलक प्रसाद आचार्य, पशु चिकित्सा मनोज कार्की, इलाका प्रहरी कार्यालयबाट मान बहादुर हमाल, नगर प्रहरी प्रमुख विर बहादुर थापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेबाट प्रतिक्षा पण्डित र पत्रकार लगायतको उपस्थित रहेको थियो ।