नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीलाई पितृ शोक

नेपालगञ्ज 

नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष एवं सदरलाइन पब्लिकेशन अन्तर्गत सदरलाइन डटकमका चियरमैन रुद्र सुवेदीलाई पितृ शोक परेको छ ।

उनका बुवा डम्बर राज सुवेदीको शुक्रवार दिउँसो सवा १२ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

शिक्षक सेवाबाट सेवा निबृत्त सुवेदी लामोदेखि एमालेको राजनीतिमा सक्रिय थिए । उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्या झेल्दै आएका थिए । स्व.सुवेदीको शनिवार विहान ८ बजे अगैयाघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।