नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीलाई पितृ शोक




नेपालगञ्ज 

नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष एवं सदरलाइन पब्लिकेशन अन्तर्गत सदरलाइन डटकमका चियरमैन रुद्र सुवेदीलाई पितृ शोक परेको छ ।

उनका बुवा डम्बर राज सुवेदीको शुक्रवार दिउँसो सवा १२ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

शिक्षक सेवाबाट सेवा निबृत्त सुवेदी लामोदेखि एमालेको राजनीतिमा सक्रिय थिए । उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्या झेल्दै आएका थिए । स्व.सुवेदीको शनिवार विहान ८ बजे अगैयाघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रबार