कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका २ कृषि चोकको उत्तरपूर्वमा कृतिका अटो पार्ट्स एण्ड सप्लायर्स खुलेको छ ।
सोमबार कोहलपुर उद्योग वाणिज्य संघका महासचिव मातृका सापकोटाले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै सापकोटाले सेवाग्राहीलाई गुणस्तरीय र प्रभावकारी प्रवाह दिनुपर्नेमा जोड दिएका थिए ।
यस्तै कृतिका अटो पार्ट्स एण्ड सप्लायर्सका सञ्चालक केशव राज पौडेलले २५ लाखको लगानीमा अटो पाटर््स सञ्चालनमा ल्याएको बताए ।
कृतिका अटो पार्ट्समा मोटरसाइकल तथा स्कुटर सम्बनी सबै प्रकारका पार्टपूर्जा पाईनुका साथै मर्मत पनि गरिने सञ्चालक पौडेलले बताए ।
कार्यक्रममा उद्योगी, व्यवसायी तथा स्थानियहरुको पनि सहभागिता रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्