सामुदायिक विद्यालयमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई भर्ना रकम दिने

तनहु ।

देवघाट गाउँपालिका वडा नम्बर ५ ले उक्त वडामा बसोबास गर्ने नागरिकका छोराछोरीलाई सामुदायिक विद्यालयमा कक्षा ११ मा भर्ना भएमा भर्ना रकम उपलब्ध गराउने भएको छ ।

वडा नम्बर ५ भित्र बसोबास गर्ने नागरिकका छोराछोरीहरु एसईई परिक्षा २०७९ उत्तिर्ण भई उक्त वडामा रहेको सामुदायिक विद्यालयमा भर्ना भएमा भर्ना बापतको सम्पुर्ण रकम उपलब्ध गराउने वडा अध्यक्ष पुर्णबहादुर कुँवरले बताए ।

सामुदायिक विद्यालयमा नै अध्ययन गर्न प्रोत्साहन स्वरुप उक्त योजना ल्याईएको वडा अध्यक्ष कुँवरले बताए ।

सूचना हेर्नुहाेस् ।