Kohalpur Today Header Ads

सल्यानमा करेन्ट लागेर दुई जनाको मृत्यु




सुदाम शर्मा, कर्णाली व्यूरो ।

सल्यानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ३ चोरखोलामा बसमा करेन्ट लाग्दा गंगादेव गाउँपालिका वडा नम्बर ४ निबासी बालाराम डाँगी र टोपलाल डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु हुने दुवै जना बाबुछोरा हुन । बिहीबार बिहान १०:३० बजेको समयमा जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ३ चोरखोला स्थित राप्ती राजमार्गमा दाङ तुलसिपुर देखी रोल्पा तर्फ जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा सडकको छेउमा रहेको ३३ के. भि. प्रसारण लाईनको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको थियो ।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहीबार