‘परस्त्री’ बिहीबारबाटै रिलिज हुने

काठमाडौँ ।

फिल्म ‘परस्त्री’ बिहीबारबाटै रिलिज हुने भएको छ । बिहीबार सार्वजनिक बिदा भएकोले निर्माण युनिटले शुक्रबार रिलिज गर्न लागेको फिल्म एक दिन अगाडि नै ल्याउने निर्णय गरेको हो ।

बिहीबार एक हिन्दी र एक अंग्रेजी फिल्म समेत रिलिज हुने भएकाले ‘परस्त्री’को टिमले एक दिन अगाडि नै हलमा फिल्म रिलिज गर्ने निर्णय गरेको छ । शुक्रबार फिल्म रिलिज गर्दा शोमा समस्या हुने भएपछि वितरक र निर्माताले यो निर्णय गरेका हुन् ।

सुरज पाण्डेको निर्देशन रहेको फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री, गौरव बिष्ट लगायतका कलाकारको अभिनय छ । फिल्मको हिन्दी भाषामा भारतमा निर्माण हुदैछ ।