Kohalpur Today Header Ads

प्रचण्डको गुनासो– भारत भ्रमणका उपलब्धिलाई छाडेर मुर्रा राँगो कि भैँसी भन्ने विवादमा लामो समय लियौँ




काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणबाट निक्कै उपलब्धि हासिल भए पनि चर्चा नभएको गुनासो गरेका छन् । संसद्मा जवाफ दिँदै प्रचण्डले भारत भ्रमणका उपलब्धिलाई छाडेर मुर्रा राँगो कि भैँसी भन्ने विवादले संसद्मा लामो समय लिएको बताए ।

हाम्रो सार्वजनिक बहसको स्तर खस्केको छ। चौतर्फी अविश्वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको छ। संसद्सँगै पनि मेरो गुनासो छ। भर्खरैको मेरो भारत भ्रमणमा वर्षौदेखि रोकिएको नेपाल–भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो।

LIfe Ok

भारत र तेस्रो विश्व सम्म विद्युत् निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रू भएको छ’ प्रचण्डले भने,‘तर हामीले यति ठुला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैँसी भन्ने विवादमा संसद्को लामो समय लियौँ। यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे यो सम्मानित संसद् गम्भीर होस् भन्ने मेरो आग्रह छ ।’

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार १३ गते बुधबार