Kohalpur Today Header Ads

मधुमेह भएकाले कुन–कुन फलफूल खान हुन्छ ?




मधुमेहका बिरामीले धेरै खानेकुरा बार्नुपर्छ भनेको निकै सुनिन्छ । मधुमेह भएकाले यो खान हुन्छ, यो हुँदैन, गुलियो त झनै खानुहुँदैन भनेको धेरै सुनिन्छ । तर के मधुमेह भएका व्यक्तिले गुलियो खानेकुरा खानै हुँदैन त ? त्यसो भए मधुमेह भएका बिरामीले कुन–कुन फलफूल खानुपर्छ त ?

मधुमेहका बिरामीले सबैखाले फलफूल खान मिल्छ तर मात्रा भने मिलाउनुपर्छ । तर उच्च ग्लाइसेमिक इन्डेक्स (रगतमा चिनीको स्तर बढाउने तत्व) भएको फलफूल कम खाँदा बिरामीलाई लाभदायक हुन्छ ।

त्यसैले मधुमेहका बिरामीले सकेसम्म चिनीको मात्रा कम भएको फलफूल जस्तै स्याउ, किबी, अम्बा, नास्पाती, सुन्तला, एभोकाडो लगायत चिनीको मात्रा कम भएका फलफूल खान सकिन्छ ।तर सुगरको मात्रा ह्वात्तै बढाउने भएकाले फलफूलको जुस भने नखानु उत्तम हुन्छ ।

LIfe Ok

चिनीको मात्रा बढी हुने फलफूल
आँप, केरा, अंगुरमा अत्यधिक चिनीको मात्रा हुन्छ अर्थात् यी फलफूलमा उच्च ग्लाइसेमिक इन्डेक्स हुन्छ । त्यसैले यी फलफूल खाँदा बिहान खाना खाएपछि खानुपर्छ ।

प्राकृतिक चिनीले पनि असर गर्छ र ?
चिनीको मात्रा बढी भएको फलपूmलमा ट्रिप्टोज भन्ने तत्व हुन्छ । जुन स्ट्रेप्टोमा रुपान्तरण हुँदा शरीरमा सुगरको लेभल बढ्छ । त्यसैले प्राकृतिक चिनी भनेर अत्यधिक मात्रामा सेवन गर्नुहुँदैन । यसले नकारात्मक असर गर्छ ।

मधुमेहको बिरामीले खानै नहुने फलफूल कुन ?

मधुमेहका बिरामीले सबैखाले फलफूल खान हुन्छ । यो खान हुँदैन, त्यो खान मिल्दैन भनेर तोकिएको छैन । तर एकैचोटि धेरै मात्रामा नखाई सन्तुलन मिलाएर खानुपर्छ । मधुमेहको बिरामीले जुनसुकै फलफूल दिनमा एउटा खानु राम्रो हुन्छ ।
सबैखाले फलफूलमा फाइबर, क्याल्सियम, पोटासियम, भिटामिन, मिनरल्स, प्रोटिनजस्ता पोषक तत्व पाइने हुनाले मधुमेह रोगीलाई सबै फलफूल लाभदायक नै हुन्छ ।

(थाइराइड तथा मधुमेहरोग विशेषज्ञ डा. भट्टराई काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)
फलफूल मधुमेह

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार १३ गते बुधबार