“मुटुद्वारा आयोजित प्राध्यापकहरुका लागी पाँच दिने तालिम सम्पन्न”

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको प्रमुख आतिथ्यता तथा मध्यपश्चिम विश्वविद्यालय तालिम इकाईका संयोजक उप.प्रा. कल्पना पौडेलको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालय तालिम इकाईद्वारा आयोजित पाँच दिने तालिम सम्पन्न भएको छ ।
समापन कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि एवं उपकुलपतिज्यूले यस तालिमले सहभागी प्राध्यापकहरुको क्षमता विकासमा सहयोग पुगेको र सोको प्रतक्ष्य लाभ विद्यार्थीहरुमा पर्ने कुरामा विश्वास व्यक्त गरेका थिए ।

उनले अबको दिनमा समेत यस प्रकारका तालिमहरु थप शसक्त रुपमा अगाडि बढ्ने र सोही उदेश्यका साथ मध्यपश्चिम विश्वविद्यालय तालिम इकाई, मुटुको स्थापना भएको जानकारी दिएका थिए ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा संचालित उक्त तालिम असार ६ देखि १० गते सम्म केन्द्रीय कार्यालय स्थित सेमिनार हलमा संचालन भएको थियो ।