रोमानिया ।
गायक प्रकाश सपुतमाथि रोमानियाको एक कार्यक्रममा बोतल प्रहार भएको छ। उनीमाथि बोतल प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ ।
ट्विटरमा एक प्रयोगकर्ता पुष्पक थापाले लेखेका छन्, ‘रोमानियाको एउटा कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपूतमाथि बोतल प्रहार, थुक्क हामी नेपाली । कलाकार भनेको राष्ट्रको गहना हो, सकिन्छ सम्मान गरौँ, सकिँदैन भने अपमान पनि नगरौँ !’ बोतल प्रहार भए पनि सपुतले कार्यक्रममा प्रस्तुति दिँदै बोतल प्रहार गर्नेलाई माफी दिएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० असार ११ गते सोमबार











प्रतिक्रिया दिनुहोस्