धनगढी ।
धनगढीमा एक जनाको शव फेला परेको छ। बिहीबार दिउँसो धनगढी उपमहानगरपालिका– १४ एचगाउँमा सोही ठाउँका ३९ वर्षीय मानबहादुर चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरीक्षक खगेन्द्र साउँदका अनुसार चौधरीको शव गाउँको शाखा सडकको नालामा पल्टिएको अवस्थामा फेला परेको हो।
चौधरीको शव बिहीबार दिउँसो साढे २ बजेतिर फेला परेको हो। शव फेला पर्नुभन्दा केही समयअघिसम्म उनी घरमै रहेको प्रहरीले जनाएको छ।
घटना शंकास्पद रहेकाले प्रहरी सुक्ष्म तरिकारले अनुसन्धान अगाडि बढाउने प्रहरी निरीक्षक साउदले जानकारी दिए। प्रहरीले पोस्टमार्टमका लागि शव सेती प्रादेशिक अस्पतालमा पठाएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्