४५ जनालाई पोशाक हस्तान्तरण, रामजानकी माविले ५१ हजार दिने घोषणा




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १२ मा रहेको रामजानकी राधाकृष्ण संस्कृत गुरुकुल प्राविका विद्यार्थी र कर्मचारीलाई पोशाक हस्तान्तरण गरेका छन् ।

मंगलबार रामजानकी माविका निर्देशक दिनेश सिग्देल र श्रेष्ठ कट पिसका सञ्चालक दुर्गा श्रेष्ठले संयुक्त रुपमा ४५ जना विद्यार्थी र कर्मचारीलाई पोशाक वितरण गरेका हुन् ।

रामजानकी माविले गुरुकुल प्राविलाई ५१ हजार रुपैया आर्थिक सहयोग गर्ने घोषणा गरेकाे छ । पौष्टिक आहार एवम दुग्ध, फलफूलको व्यवस्थापन र आवासीय लागि आर्थिक सहायता हुने गरी आर्थिक सहयोग गर्ने रामजानकी माविका निर्देशक दिनेश सिग्देलले बताए ।

रामजानकी राधाकृष्ण संस्कृत गुरुकुल प्राविका विनोद दहालले सरकारले कुनै पनि सहयोग नगरेको भन्दै आक्रोस पोखे ।

‘विभिन्न संघसंस्था तथा व्यक्तिगत सहयोगबाट नै अहिलेसम्म सञ्चालन गरेका छौं,’ उनले भने, ‘सरकारी स्तरबाट कुनै प्रकारको सहयोग गर्नुभएको छैन ।’

सरकारी स्तरबाट सहयोग भयो भने अझै व्यवस्थित रुपमा सञ्चालन गर्न मद्धत पुग्ने उनले विश्वास व्यक्त गरे । दहालले विभिन्न संघसंस्था तथा व्यक्तिगत सहयोग गर्नुहुने सबै सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गरे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार ६ गते बुधबार