जे.भि. फाउण्डेशनद्धारा शैक्षिक सामग्री वितरण

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ९ मा रहेको जन ज्योति आधारभूत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

जे.भि. फाउण्डेशन नेपाल राष्ट्रिय समिति लुम्बिनी प्रदेशले १५ बालबालिकालाई आइतबार झोला, कपी, पेन लगायत शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर वडा नं. ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगी रहेका थिए भने जे.भि. फाउण्डेशनका बाँके जिल्ला सभापति रामचरण थारुको सभापतित्वमा शैक्षिक सामग्री वितरण भएको थियो ।

यस्तै कार्यक्रममा जे.भि. फाउण्डेशनका केन्द्रिय सदस्यद्वय दिनेश्वर प्रसाद यादव र प्रेम यादव, लुम्बनी प्रदेश सदस्य नरेन्द्र हरिजन, बाँकेका जिल्ला सचिव राम रावत चौधरी, कोहलपुर नगर सभापति जयराम थारु र जन ज्योति आधारभूत विद्यालयका प्रअ गोविन्द्र मिश्र लगायतको उपस्थिति रहेको थियो ।