‘आदिपुरुष’को प्रदर्शनमा पोखरा महानगरपालिकाले पनि लगायो रोक




काठमाडौं ।

भारतीय फिल्म ‘आदिपुरुष’ विवाद दिन प्रतिदिन बढ्दो छ । फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शनमा रोक्न एकपछि अर्काे गर्दै नेपाल महानगरपालिका अगाडि आउन थालेका छन् ।

यस्तैमा पोखरा महानगरपालिकाले पनि आफ्नो नगर क्षेत्रका हलमा फिल्म रोक्न पत्राचार गरेका छन् । मेयर धनराज आचार्यले एक पत्र लेख्दै स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउनलाई फिल्म रोक्न पत्र पठाएको हो ।

आदिपुरुष विवादमा काठमाडौं महानगरपालिकाले आज सोमबारदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।
फिल्म निर्माण कम्पनी सुपर क्यासेट्सले काठमाडौं महानगरका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई आइतबार बेलुका पठाउँदै फिल्ममा समावेश संवादले संवेदनामा पर्न गएको चोटप्रति माफी मागेको छ । तर फिल्ममा समावेश विवादित सम्वाद हटाउने बिषयमा भने केही बताएको छैन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार ४ गते सोमबार