सामुदायिक विद्यालयका फोडियो ताला, भोलीदेखि पठनपाठन निरन्तर हुने

कोहलपुर ।

बाँकेको कोहलपुरमा आन्दोलनरत शिक्षक कर्मचारीहरुले २ विद्यालयमा लगाएको ताला फोडेर कक्षा सञ्चालन भएको थियो ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले सम्पूर्ण सामुदायिक विद्यालय अनिश्चितकालसम्म बन्द गर्ने घोषणा गरेपछि केन्द्रले वार्ताटोली गठन गरी मागहरु सम्बोधन हुने भन्दै बन्द र्फिता लिएका छन् ।

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले विद्यालय बन्द भए वा गराएमा कारवाहीको चेतावनी दिएपछि आन्दोलन शसक्त भएको थियो ।

नगर प्रमुख आचार्यले शिक्षक कर्मचारीहरुका मागहरुलाई सम्बोधन गर्न पालिकाबाट के कस्तो सहयोग गर्नुपर्ने हो त्यसको लागी तयार भएका तर विद्यालय बन्द नगर्ने अनुरोध गरेका छन् । विद्यालय बन्द गरी बालबालिकाको भविष्यमा खेलवाड गर्ने हुँदैन तर आफ्ना मागहरुलाई पुरा गर्न र गराउन व्यक्तिगत रुपमा लाग्ने आचार्यले बताएका छन् ।

कोहपलुर नगरपालिका नगर प्रहरी विर बहादुर थापाले कतिपय विद्यालय बन्द थिए भने कतिपय विद्यालयमा पठनपाठन भइरहेको बताए । ‘कोहलपुरका २ विद्यालयका ताला फोडेर पनि कक्षा सञ्चालन भए’ उनले भने, ‘भोलीदेखि निरन्तर कक्षा सञ्चालन हुन्छ ।’

मागहरु सम्बोधन गर्न वार्ता टोली गठन भएको भन्दै शिक्षक कर्मचारीहरुलाई आन्दोलनका कार्यक्रमहरु स्थगन गरि भोलीदेखि कक्षा सञ्चालन गर्ने अनुरोध गर्दै नेपाल विद्यालय परिषद्का केन्द्रिय अध्यक्ष गंगाराम तिवारी लगायत दुई संगठनले हस्ताक्षरित संयुक्त विज्ञप्तीमा लेखिएको छ ।

संयुक्त विज्ञप्ती !