गत जेठ २० गतेदेखि आन्दोलनरत विद्यालय कर्मचारीको माग सम्बोधन नहुँदासम्म तालाचाबी विद्यालयमा बुझाएर आन्दोलित गरिरहेका कर्मचारीहरुले भोली ३ गतेदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने घोषणा गरेका छ ।
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा लगायतका विषयलाई गत जेठ १५ गते नेपाल सरकारको निति तथा कार्यक्रमले सार्वजनिक बजेटमा सम्बोधन नगरेको भन्दै आन्दोलनमा उर्तिएका छन् ।
केन्द्रिय सर्कुलेसन अनुसार बाँकेमा भोली ३ गतेदेखि विद्यालय बन्द गरी आन्दोलन गर्न लागेका छन् । गत जेठ २६ गतेसम्म पालिका र जिल्ला शिक्षा समन्वय इकाईमा धर्ना दिएका थिए ।
सरकारले आफ्ना मागप्रति कुनै किसिमको चासो नदेखाएको भन्दै सामुदायिक विद्यालयहरु बन्द गर्न बाध्य भएको छौं । बाँकेका ८ वटै पालिकाका अध्यक्षसंग कुराकानी भएको छ । सोही अनुसार पत्रचार समेत गरिसकेका छौं । आज राती नै विभिन्न तालाचावीहरु एक अर्को विद्यालयमा लगाउने र भोली विहानै देखि विद्यालय बन्द गराउने रणणिती योजनाका छन् ।
बाँकेका ८ पालिकाका शिक्षा शाखामा शिक्षक कर्मचारीहरु धर्ना दिने कार्यक्रम समेत तय भएको अध्यक्ष कुवँर बताउँछन् । परिषद्ले शिक्षा विकास तथा समन्वय इकाई, बाँके, ८ वटै स्थानीय तह, सबै सामुदायिक विद्यालय र विभिन्न पेशागत शिक्षकका संगठनलाई समेत उक्त पत्र बोधार्थ पठाएको छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रमले ‘सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा लगायतका विषयलाई सम्बोधन गरिनेछ’ भनेर उल्लेख गरेको थियो । तर, गत जेठ १५ गतेको बजेटले हाम्रा माग सम्बोधन नभएपछि आन्दोलित भएका छौं ।
यतिमात्र होइन सेवा सुविधामा समेत विभेद छ, सरकारले पटक–पटक जनाएको प्रतिबद्धता कार्यान्वयन नगरेकाले गर या मरको स्थितिमा पुगेका छन् ।
संसद विकास कोष ब्यूँताएर करोडौं बजेट बाँड्न हुने तर देशको भविष्य उत्पादन हुने विद्यालयका कर्मचारीहरुलाई बजेट छैन । विद्यालय कर्मचारीले सेवा सुविधा बढाउन आन्दोलन गर्नुपर्ने बाध्यता अन्त्य गर्न यस्तो कठोर कदम चाल्न बाध्यता छ ।
भिडियाे हेर्नुहाेस् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्