बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ ।

बाजुरा केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बडीमालिकाको उत्तरतर्फ भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।

बिहान ७ बजेर ३८ मिनेटमा गएको भूकम्पको तीव्रता ४.४ म्याग्निच्युड रहेको केन्द्रले जनाएको छ । यसअघि आइतबार सङ्खुवासभा जिल्लाको बाला केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।