बाजुरा केन्द्रबिन्दु भएर भूकम्प




काठमाडौँ ।

बाजुरा केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बडीमालिकाको उत्तरतर्फ भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।

बिहान ७ बजेर ३८ मिनेटमा गएको भूकम्पको तीव्रता ४.४ म्याग्निच्युड रहेको केन्द्रले जनाएको छ । यसअघि आइतबार सङ्खुवासभा जिल्लाको बाला केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेठ २९ गते सोमबार