कोहलपुरमा पहिलो पटक इलाईट मोभर्स एजुकेशन कन्सलटेन्सीले सेमिनार सम्पन्न




कृष्ण कुमार शाही, कोहलपुर ।

कोहलपुरमा पहिलो पटक इलाईट मोभर्स एजुकेशन कन्सलटेन्सीले सेमिनार सम्पन्न गरेको छ ।

इलाईट माेभरस एजुकेशन कन्सलटेन्सीले पार्टी प्यालेसमा इलाईट मोभर्स एजुकेशन कन्सलटेन्सी काठमाण्डाैंका प्रमुख उद्दब वानकाे प्रमुख अतिथि र सभापति जनक बाेगटी रहेका थिए ।

कन्सलटेन्सीले विदेशमा उच्च शिक्षा लिन जानेहरुलाई सकारात्मक सल्लाह सुझाव, मार्गदर्शन र आफ्ना अनुभव आदानप्रदान गर्ने काम गर्दछ।

सेमिनार कार्यक्रममा बोल्दै जनक बाेगटिले काठमाडौंबाट दिदै आएका सेवाहरु अब कोहलपुरबाट पनि दिने बताए ।  विद्यार्थीहरुले अध्ययन गर्दा सहि र राम्रो संस्थामा पढ्नुपर्नेमा जाेड दिएका थिए ।

यस्तै इलाईट मोभर्स एजुकेशन कन्सलटेन्सी काठमाण्डाैंका प्रमुख उद्दब वानले जापान, अष्ट्रेलिया, क्यानडा, युनाइटेड किंगडम, दक्षिण कोरिया जस्ता धेरै गन्तव्यहरूमा अध्ययन गर्न पठाउँदै आएको बताए ।

व्यवहारिक रूपमा मार्गदर्शन गर्न र विदेशका विश्वविद्यालयहरूको टोलीसँग खुला सञ्चारको साथ विद्यार्थीहरूको भर्ना प्रक्रियालाई समर्थन गर्न अनुरोध गरे । विद्यार्थीहरूको लागि विदेश भ्रमण र अध्ययनको लागि योजनाबद्ध भ्रमण गर्ने गरेको उनले वताए ।

PTE र IELTS जस्ता परीक्षाको तयारी इलाईट माेभरस एजुकेशन कन्सल्टेन्सीले भर्नाको लागि ठाउँ पाउन र विदेशी विश्वविद्यालयहरूमा छात्रवृत्तिको व्यवस्था गरेको उनले भनाइ छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेठ २७ गते शनिबार