अफगानिस्तानमा भ्यान दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या २४ पुग्यो




काबुल ।

अफगानिस्तानमा भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २४ पुगेको छ । उक्त दुर्घटनामा परेर ८ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो ।

सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन मोहम्मद नाजारीले चालकको लापर्बाहीका कारण भ्यान सडकबाट खसेको बताए। ‘चालकको लापरबाहीका कारण गाडी सडकबाट हटेर खाल्डोमा खसेको छ, चौबीस जनाको मृत्यु भएको छ,’ उनले भने ।

सडक दुर्घटनामा परी केही मजदुर गम्भीर घाइते भएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेठ २५ गते बिहीबार