एक लाखभन्दा धेरै सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका शिव शिखर बहुदउेश्यीय सहकारी संस्थाका तीनजनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
भक्तपुर जिल्ला अदालतले सहकारीका सञ्चालकद्वय अमिस राजभण्डारी र पुष्कर मल्ल तथा सो संस्थाको लगानी रहेको कम्पनी शिखर अर्गनाइजेसनकी अध्यक्ष गीता शर्मालाई थुनामा पठाउने आदेश दिएको हो ।
गत शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले १० जनाविरुद्ध मुद्दा दायर गरेको थियोे ।
भक्तपुरका निक्षेपकर्ताहरूको जाहेरी लिई अनुसन्धान गरेर सरकारी वकिलमार्फत सिआइबीले मुद्दा दायर गरेको हो । भक्तपुरका एक हजार चार सय ३९ जनाले सिआइबीमा जाहेरी दिएका थिए ।
७५ करोड ३२ लाख रुपैयाँको जाहेरी प्रहरीमा परेको छ । यद्यपि भक्तपुरस्थित केन्द्रीय कार्यालय र शाखा कार्यालयमा सदस्य रहेकाहरूको एक अर्ब ७१ करोड निक्षेप देखिएकाले त्यसलाई समेत मागदाबीका रूपमा अदालतमा मुद्दा दायर गरिएको थियो ।
३५ जिल्लामा शाखा रहेको सो सहकारीले एक लाखभन्दा धेरै सर्वसाधरणको करिब १४ अर्ब रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्