नेपालगञ्जमा गर्मी बिदा जेठ २६ गतेसम्म थपियो

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा गर्मी अत्यधिक बढेपछि विद्यालयहरूमा दिइएको बिदा तीन दिन थप गरिएको छ ।

यसअघि, जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी बिदा गरिएकोमा २६ गते शुक्रवारसम्म थपिएको शिक्षा महाशाखाले जनाएको छ । बर्से बिदाबाट कट्टी हुने गरी बिदा थप गरिएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।

दिन प्रतिदिन गर्मी बढ्दै जाँदा पठन पाठनमा समस्या हुनुका साथै विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले बिदा थप गरिएको थापाले बताए ।

साथै जेठ २८ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णय गरी बिहानी सत्रमा विद्यालय सञ्चालन गर्न भनिएको छ । त्यसको जानकारी नेपालगञ्ज उपमहानगरपालिकालाई गराउनुपर्नेछ ।

नेपालगञ्जको अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ ।