कोहलपुर खानेपानीको निर्वाचन स्थगित

कोहलपुर ।

कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन स्थगित भएको छ ।

जेठ ३१ गतेलाई तोकिएको संस्थाको निर्वाचन तत्कालका लागि स्थगित गरीएको हो ।

आम उपभोक्ताहरूले साधारण सभामा कोषाध्यक्ष एक नारायण चापागाँईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन चित्त बुझ्दो नभएको भन्दै गठन गरेको छानबिन समिति प्रतिवेदन तयार पारेपनि सो प्रतिवेदन हाललाई गुपचुप राख्न खोजिएको भन्दै तालाबन्दी गरेका थिए ।

तालबन्दी भएपछि काेहलपुर खानेपानीले निर्वाचन स्थगित गरेकाे हाे ।

निर्वाचन अधिकृतको कार्यालयले सोमबार एक सूचना टाँसेर निर्वाचन कार्यक्रम हाललाई स्थगित गरेको जनाएको हो ।