नेपालगन्जका विद्यालय तीन दिन गर्मी बिदा

नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिकाले तीन दिन गर्मी विदा दिएको छ ।

अत्याधिक गर्मी भई पठनपाठनमा कठिनाई भएकाले जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी विदा दिइएको नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखाले जनाएको छ ।

उपमहानगरपालिका अन्तरगत संचालित सम्पूर्ण विद्यालयहरुमा वर्षे विदाबाट कट्टी हुने गरी तीन दिन विदा दिने निर्णय गरिएको शाखा अधिकृत लोकेन्द्र शाहीले बताए ।