कोहलपुरको अकलघरुवामा घुम्ती शिविर हुँदै

कोहलपुर।

कोहलपुर नगरपालिका १५ स्थित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र अकलघरुवामा सामान्य स्वास्थ्य, हाडजोर्नी र नशारोग तथा पुनःस्थापना सम्वन्धी घुम्ती शिविरको आयोजना गरिएको छ ।

कोहलपुर नगरपालिका बाँके र विकलाङ्ग मित्र समूह/अपाङ्गबाल अस्पताल तथा पुनःस्थापना केन्द्र, बनेपा काठमाडौंको संयुक्त आयोजनामा यही जेठ २५ गते सामान्य स्वास्थ्य, हाडजोर्नी र नशारोग तथा पुनःस्थापना सम्वन्धी घुम्ती शिविरको आयोजना गरिएको हो ।

शिविरमा जन्मजात वा पछि खुट्टाको पैतला भित्र वा बाहिर फर्किएको, खुट्टा लुला वा कमजोर भएको, भाँच्चिएको, बाङ्गो भएको वा हड्डी नजोडिएको, जोर्नीहरु दुख्ने, सुन्निने बाङ्गीएको वा खुस्किएको, हड्डी पाकेर लामो समयदेखि पीप आइरहने लगायतका बिरामीले सेवा लिन सक्ने छन् ।