दलित, जनजाति र गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई क्षमता अभिबृद्धि तालिम सुरु




शिवध्वज शाही, कोहलपुर ।

लुम्बिनी प्रदेश स्तरीय दलित, जनजाति र गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई दुई दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको छ ।

विहिबार दाङमा लिडरसिप एकेडेमी नेपालको आयोजनामा प्रदेश स्तरीय दलित, जनजाति र गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई २ दिने क्षमता अभिबृद्धि तालिम आजबाट सुरु भएको छ ।

कार्यक्रममा लिडरसिप एकेडेमी नेपालका सिनियर कार्यक्रम म्यानेजर प्रभाकर प्रधानको अध्यक्षतामा उत्तम खनालको प्रमुख अथितिमा प्रतिनिधिहरुलाई २ दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको हो ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका दलित, जनजाति र गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई प्रस्तावना लेखन, योजना निर्माण तथा कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा बजेट र विकासको नेतृत्वका विषयमा आजबाट क्षमता अभिबृद्धि तालिम दिन लागिएको ल्यानका प्रतिनिधि खड्क रावलले जानकारी दिए ।

तालिम भोलीसम्म चल्ने छ । तालिममा प्रति जिल्लाबाट २ जना गरी २४ जनाको सहभागिता रहेको छ । कार्यक्रममा सामाजिक अभियान्ता राम बहादुर मल्ल सहित ४ जना प्रशिक्षकको समेत सहभागिता भएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेठ १८ गते बिहीबार