Kohalpur Today Header Ads

कोहलपुर नगरपालिकाद्वारा नीति तथा कार्यक्रमका लागि सुझाव माग (लिंक सहित)




कोहलपुर ।

कोहलपुर नगरपालिकाले आगामी वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । नगरपालिकाले आज सार्वजनिक सूचना नै जारी गरेर बजेट, नीति तथा कार्यक्रमका लागि आवश्यक सुझावका लागि आह्वान गरेको हो ।

आगामी बजेट, नीति तथा कार्यक्रम तर्जुमाको चरणमा रहेकाले जेठ २५ गतेभित्र सुझाव दिन नगरपालिकाले आग्रह गरेको छ । सूचनामा भनिएको छ-`बजेट, नीति तथा कार्यक्रम तर्जुमाको चरणमा रहेकाले असार १० गतेभित्र नगर सभामा उक्त विषय पेश हुनुपर्ने प्रावधान रहेकोमा बजेट नीति तथा कार्यक्रमको सम्बन्धमा कुनै व्यक्ति, संस्था वा निकायको रचनात्मक सुझाव भए जेठ २५ गतेभित्र नगरपालिकाको कार्यालय, योजना शाखामा पेश गर्न अनुरोध छ ।´

LIfe Ok

कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले नगरको समृद्धि र विकासमा नीतिगत पहलमा टेवा पुर्‍याउँने उद्देश्यले नगरबासीको राय सुझाव संकलन गर्न सूचना आव्हान गरिएको बताए ।

उनले स्थानीयको आवश्यकता र मागका आधारमा बजेट, नीति तथा कार्यक्रम बनाइने पनि जानकारी दिए ।

सुझावकाे लागि लिंक  :  https://docs.google.com/forms/d/e/1FAIpQLSeQTSGECTJaFgWNKzUanmAQXpVIq7LVprGMWwq-mZ6WlvYzwQ/viewform?fbclid=IwAR19g3tovKpUDQWhCmrWY49IXal051jszDyiNpLtH7oalJNphRkzuZh47A0

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेठ १६ गते मंगलबार