खजुराले अत्यधिक गर्मीका कारण ३ दिन विद्यालय विदा दियो

खजुरा ।

बाँकेको खजुरा गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै तीन दिन गर्मी बिदा दिएको छ ।

अत्यधिक गर्मी बढेको जनाउँदै विद्यालय बिदा गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए ।

पालिकाले विद्यालयबाट गर्मी बिदा माग भएपछि जेठ १७ गतेदेखि १९ गतेसम्म विद्यालय बिदा दिने निर्णय गरेको हो ।