जिल्ला स्तरीय पब्लिक स्पिजमा बैजनाथकी अनु वली प्रथम

कोहलपुर ।

बाँके जिल्ला स्तरिय पब्लिक स्पिज प्रतियोगितामा बैजनाथकी अनु वलीले प्रथम भएकी छिन् । कोहलपुरकी कृतिका आचार्य द्वितीय, नेपालगञ्जकी गरिमा खनाल तृतीय, कोहलपुरकी मृगाक्षी रावत चौथो स्थान ल्याएका छन् ।

प्रथमलाई ९ हजार, द्वितीयलाई ६ हजार, तृतीयलाई ३ हजार र चौथोलाई २ हजार नगद सहित सम्मान गरिएको हो ।

यस्तै कोहलपुर नगर स्तरिय युवा क्लव संञ्जाल बाँकेका अध्यक्ष रमेश वर र कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्माले संयुक्त रुपमा सम्मान गरिएको थियो ।

यस्तै ‘अवसर हामीलाई दिनुहोस, परिर्वतन सवैको लागी ल्याउने छौ’ भन्ने मुल नाराका साथ कोहलपुर नगर स्तरिय युवा क्लव संञ्जाल बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा लागुऔषध तथा दुव्र्यसनी न्यूनिकरणमा युवाहरुको भूमिका विषयक पब्लिक स्पिज प्रतियोगिता भएको थियो । बाँकेका ८ पालिकाबाट ३७ जनाले सहभागिता जनाएका थिए ।