सिद्वार्थ माविको विव्यस अध्यक्षमा राम सिंह थारू

प्रदिप कुमाइ, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ५ मा रहेको सिद्धार्थ माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रामसिंह थारु चयन भएका छन् ।

विहिबार विद्यालयले अनौपचारीक कार्यक्रम गरी विव्यस समिति गठन गरेको हो ।

विव्यस समितिको सदस्यहरुमा मोहम्मद अलि नाउँ, विमला थारू, शान्ता सिंह शाही, रूपा थारू, रूपसरा घर्ती मगर भएका छन् ।

सो कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, नगर शिक्षा शाखाका अधिकृत रविलाल मिजार लगायतको उपस्थिति रहेको थियो ।