बागेश्वरी क्याम्पसले सामुदायिक र संस्थागत विद्यालयको नेतृत्व लिनुपर्छ : आचार्य

भगवती पोख्रेल कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बुहुमुखी क्याम्पसले सामुदायिक र संस्थागत विद्यालयको नेतृत्व लिनुपर्ने कोहलपुर नगरपालिका प्रमुख पूर्ण आचार्यले बताएका छन् ।

बिहिबार मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसको अनुगमन तथा निरिक्षण कार्यक्रममा यस्तो बताएका हुन् ।

आचार्यले कोहलपुरका शैक्षिक हव बनाउन क्याम्पसले नेतृत्व लिनुपर्ने र शिक्षा क्षेत्रमा के कस्ता गतिविधि समावेश हुँदा अझै थप गुणस्तरीय र प्रभावकारी शिक्षा प्राप्त गर्न सकिन्छ ? सुझाव दिन आग्रह गरे ।

कोहलपुर नगरपालिकाले आगामी निति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्दै छ त्यसकारण यहाँहरुका सुझाव र सल्लाहलाई कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा विश्वविद्यालयका प्रा.डा उपकुलपती नन्द बहादुर सिंह, ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टका डिन प्रा.डा. दिप बहादुर रावल, योजना विकाश तथा अनुगमन निर्देशनालयका निर्देशक प्रा.डा. सिपि रिजाल, पाठ्यक्रम विकास निर्देशनालयक निर्देशक वीर बहादुर पौडेल तथा केन्द्रिय क्याम्पसका पृन्सिपल जसविर रोका सहितका पदाधिकारीको उपस्तिथि रहेको थियो ।

निवर्तमान क्याम्पस प्रमुझ शिशिर कुमार शर्माले स्वागत मन्तव्य दिएको कार्यक्रम क्याम्पस प्रमुख दान बहादुर हमालको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण खोपिराम वलीले गरेका थिए ।