बागेश्वरी बहुमुखी क्याम्पसमा १ करोड १७ लाखमा ग्य्राजुएट स्कुल अफ म्यानेजमेन्टको भवन बन्दै

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बुहुमुखी क्याम्पसमा १ करोड १७ लाखमा ग्य्राजुएट स्कुल अप म्यानेजमेन्टको भवन बन्न लागेको छ ।

बिहिबार मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले शिलान्यास गरेका छन् ।

सिंहले विविए भवनको समेत समुदघाटन गरेका थिए । सिंह मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसमा अनुगमन तथा निरिक्षण कार्यक्रममा शिलान्यास र समुद्घाटन गरेका हुन् ।

यस्तै क्याम्पस प्रमुख दान बहादुर हमालले मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसमा कमर्सको भवन छुट्टै निर्माण गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए ।

‘विगत १ वर्षदेखि कमर्स सञ्चालन भएतापनि छुट्टै भवन भने थिएन,’ ‘तर अबको केही महिनामा नै आफ्नै भवन हुनेछ ।’ उनले भने ।

कार्यक्रममा विश्वविद्यालयका पदाअधिकारी र क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।