डुडुवाको पशुपति माविमा १ करोड ९६ लाखको लागतमा ९ कोठे भवन बन्दै




गम बहादुर डाँगर, खजुरा ।

बाँकेको डुडुवा गाउँपालिका २ नौरीगौडीमा रहेको पशुपति माविमा १ करोड ९६ लाखको लागतमा ९ कोठे भवन बन्न लागेको छ ।  बुधबार गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यास गर्दै पालिका अध्यक्ष चौधरीले गुणस्तरीय शिक्षाका लागि राम्रो भौतिक पूर्वाधार आवश्यक पर्ने भएकाले ठुलो लागतमा भवन बनाउन लागेको बताए ।

जारा इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड सर्भिसेज प्रालिले भवनको ठेक्का पाएको छ । सो प्रालिले ३ महिनामा नै भवन निर्माण गर्ने प्रतिबद्धता गरेको छ ।

यो भवन ३ तलाको हुने र प्रत्येक तलामा ३/३ कोठा रहने छन् भने सँगै शौचालय पनि निर्माण हुनेछन् ।

शिलान्यास कार्यक्रममा २ का अध्यक्ष दुर्गा प्रसाद बर्मा, विव्यस अध्यक्ष विजयकुमार यादव, सदस्य बिकाउलाल केवट, वडा सचिव शिव कुमार मौर्य, बिध्यालयका प्रअ अक्ष्य कुमार धोबी र सहायक प्रअ देव राज धिताल लगायत अन्य शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेठ ११ गते बिहीबार