सामुदायिक विद्यालयका शिक्षकलाई पाठ्यक्रम तथा मूल्यांकन प्रणाली सम्बन्धि तालिम

कोहलपुर ।

कोहलपुर नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई पाठ्यक्रम तथा मूल्यांकन प्रणाली सम्बन्धि प्रबोधीकरण तथा क्षमता विकास तालिम दिएको छ ।

शनिबार मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कोहलपुरका सामुदायिक विद्यालयका शिक्षकलाई तालिम दिइएको हो ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यले तालिम दिइएको बताए ।

‘शैक्षिक प्रणाली सुधार, मार्गनिर्देशन, सहजीकरण र प्रभावकारी ढंगले व्यवस्थापनका यो तालिमले टेवा पुग्नेछ,’ उनले भने, यसले शैक्षिक गतिविधि सञ्चालनका लागि नगरपालिकालाई समेत सहज हुनेछ ।’ तालिमबाट सिकेका विषयबस्तुहरुलाई आ-आफ्नो विद्यालयमा समेत सिकाउन र सिक्न ढकालले अनुरोध समेत गरे ।

यस्तै कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाका शाखा प्रमुख राम बहादुर हमाले आफ्नो जिम्मेवारी र इमान्दारिता देखाउन शिक्षकलाई आग्रह गरे ।

उनले शिक्षकले विहान देखि साँझ सम्म कुन कति समेत दिनुपर्छ, हामीले के के गर्नुपर्छ भन्ने सबै जानकारी हुन्छ । त्यसको लागि नगर शिक्षाबाट अनुगमन गर्ने पदैनन् किनकी शिक्षक भनेका बौद्धिक व्यक्ति हुन् ।

‘तालिममा सिकेका विषयबस्तुहरुलाई विद्यालयमा कार्यान्वय गर्नुपर्छ भनेर हामीले सिकाउन जरुरी छैन,’ उनले भने, ‘त्यो शिक्षकले आफै जान्नुपर्छ । शिक्षकलाई पछिल्लो प्रविधिको प्रयोग गरी शिक्षण पेशालाई प्रभावकारी बनाउन यो तालिमले समेत टेवा पुग्ने हमालले बताए ।

यस्तै कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्माले तालिमबाट सिकेमा सिपलाई व्यवहारिक जिवनमा लागू गरि शैक्षिक क्षेत्रमा नमूना काम गर्ने अनुरोध गरे ।

विभिन्न शिक्षक घटकका अध्यक्ष, शिक्षक तथा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम संयोजक भिम रावतको समेत उपस्थित रहेको थियो ।