स्व. टिकाराम सुवेदीको १३औं स्मृति दिवसको अवसरमा ‘एकल गजल बाचन’




कृष्ण कुमार शाही, कोहलपुर ।

कोहलपुर नगरपालिका ११ मा स्व. टिकाराम सुवेदीको १३औं स्मृति दिवसको अवसरमा ‘एकल गजल बाचन’ कार्यक्रम गरिएको छ ।

शनिबार बालज्योति माध्यमिक विद्यालयका विव्यस अध्यक्ष लक्ष्मी देवी सुवदीको सभापतित्व र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकाल प्रमुख अतिथिमा ‘एकल गजल बाचन’ कार्यक्रम भएको थियो ।

शैक्षिक अभियान्ता तथा प्याप्सनका पूर्व केन्द्रीय उपाध्यक्ष स्व.टिकाराम सुवेदीको १३ औं स्मृति दिवसको अवसरमा गजलकार देवकी निरौलाको ‘एकल गजल वाचन’ कार्यक्रम गरिएको हो ।

निरौलाले दर्जन बढी गजलहरू बाचन गरेकी थिइन् । निरौलाले थारु भाषाको गीति एल्बम, आधुनिक गीति एल्बम, देउडा गीति एल्बम, २०६१/०६२ सालबाट गजलमा कलम चलाउन सुरु गरेकी थिइन् । उनको नेपाली गजलमा नारी हस्ताक्षर र २०७४ मा उद्घोष गजल संग्रह प्रकाशित गरेकी छिन् ।

कार्यक्रममा स्व. टिकाराम सुवेदीको व्यक्तत्वका बारेमा साहित्यकार बद्रि ढकाल हिरामणीले चर्चा गरेका थिए भने गजलकार देवकी निरौलाको व्यक्तित्व तथा कृतित्वका बारेमा गजलकार केशव निमेशले चर्चा गरेका थिए ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्मा, बालज्योति माविका प्रिन्सिपल दामोदर पौडेल लगायत २ दर्जन बढी साहित्यकार, विद्यालयका सयौं विद्यार्थी र शिक्षकहरुको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन प्रकाश मरासिनीले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेठ ६ गते शनिबार