शरीरमा पेट्रोल छर्केर चन्द्रागिरिमा आत्महत्या

काठमाडौँ ।

काठमाडौँको चन्द्रागिरिमा आफैँलाई आगो लगाएर युवतीले आत्महत्या गरेकी छिन्। ३६ वर्षीय शान्ति श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

रामेछापको मन्थली नगरपालिका–६ स्थित भलुवाजोर भएर भएकी शान्ति चन्द्रागिरि नगरपालिका–९ मा डेरामा बस्थिन्। श्रीमानसँग बस्ने शान्तिले शुक्रवार दिउँसो पौने ३ बजे शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्।

उनको उपचारको क्रममा शनिवार बिहान ३ बजेर २० मिनेटमा कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको हो।