दाङमा दुई बस ठोकियो, एक जनाको मृत्यु

दाङ।

दाङमा दुई बस एकआपसमा ठोकिएको छ। दाङ देउखुरीको लमही नगरपालिका ३ पूर्व–पश्चिम राजमार्गमा दुई बस ठोकिँदा एक जनाको मृत्यु प्रहरीले जानकारी भएको छ।

मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी गाउँपालिका –७ की ४२ वर्षीया शोभा परियार रहेकी छन । शोभाका दुई छोरा पनि दुर्घटनामा घाइते भएका छन् ।

लमहीबाट भालुवाङ तर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र विरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस शुक्रबार विहान करिब ५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए।

बारा जिल्लाबाट ईटा भट्टामा काम गरेर घर रोल्पा फर्किदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी करिब दुई दर्जन बढी घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको छ।

थप विवरण आउँदैछ।