कोहलपुर।
कोहलपुर बृहत शहरी खानेपानी संस्थाले ८औ बार्षिकोत्सव मनाएको छ ।
मंगलबार कोहलपुर बृहत शहरी खानेपानी संस्थाले कार्यक्रमका प्रमुख अतिथि संघिय प्रतिनिधि सभाका सदस्य सुर्य ढकाल र खानेपानी संस्थाका अध्यक्ष नरबहादुर मल्लको समापत्तित्वमा ८औँ सधारण सभा मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि ढकालले जनता र आम उपभोक्तालाई स्वच्छ र सफा पानी दिनुपर्नेमा जोड दिए । मानव जीवनको लागि खानेपानी अपरिहार्य छ उनले भने खानेपानी सधै स्वच्छ र सफा हुनुपर्छ । स्वच्छ खानेपानी उपलब्ध गराउन आफुले मन्त्रालयमा बजेटको माग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले खानेपानी संस्था र नगरपालिकाको सहकार्य र समन्वयमा काम गर्नुपर्नेमा जोड दिए । ‘खानेपानी वडा स्तरमा विस्तार भइसहेको छ,’ उनले भने, ‘अझै थप वडामा विस्तार हुन बाँकी रहेको छ ।’ अबको ५ वर्षमा कोहलपुरमा सबैको घरघरमा पानीको विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष नरबहादुर मल्लले आफ्नो कार्यकालमा गरेका कामको बारेमा चर्चा गरेका थिए । उनले आगामी योजना र विगतमा भएगरेका कामको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
‘जनताको घरघरमा धारा पुर्याउन निरन्तर लागिरहेको छु,’ उनले भने, ‘तर कहिले काँही सडक बनाउने र भत्काउने प्रक्रियाले खानेपानी विस्तारमा समस्या आउँछ ।’ त्यसको समाधान गर्दै अहिलेसम्म जनतालाई स्वच्छ पानी उपलब्ध गराएको उनको दावी थियो ।
कार्यक्रममा राजनितिक दलका प्रतिनिधिहरु, सरोकारवाला, शुरक्षाकर्मी, पत्रकार र स्थानियको उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्