कोहलपुर १५ मा सरसफाई कार्यक्रम

कोहलपुर ।

बाँकेकोे कोहलपुर नगरपालिका १५ अकलघरवामा सरसफाई कार्यक्रम गरिएको छ । कोहलपुर नगरपालिका १५ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरीको नेतृत्वमा अकलघरवामा सरसफाई कार्यक्रम गरिएको छ ।

टोल विकास संस्था, नगर प्रहरी र वडा कार्यालयको संयुक्त रुपमा सरसफाई कार्यक्रम गरिएको हो । वडा अध्यक्ष चौधरीका अनुसार वडाका चोक चोकमा रहेका फोहोरलाई योजना सहित सरसफाई गर्ने अभियानमा बढेको बताए ।

कोहलपुर नगरपालिकामा नगर प्रहरी र टोल विकास संस्थाहरुसंग मिलेर सरसफाईका कार्यक्रम गर्ने वडा अध्यक्ष चौधरीले बताए । कार्यक्रममा नगर प्रहरी प्रमुख विर बहादुर थापा, वडा सदस्य तथा स्थानियहरुको समेत उपस्थित रहेको थियो ।