काेहलपुर २ मा दुर्गा भवानी मन्दिरको शिलान्यास

शिवध्वज शाही, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-२ प्रेमनगरमा दुर्गा भवानी मन्दिरको शिलान्यास भएको छ । बिहिबार शिलान्यास कार्यक्रमका मत बहादुर शाहीको अध्यक्षता र  प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारी र विशिष्ट अतिथि कोहलपुर नगरपालिका पूर्ण प्रसाद आचार्यले संयुक्त रुपमा मन्दिरको शिलान्यास गरेका हुन् ।

मन्दिरको शिलान्यास कार्यक्रमका प्रमुख अतिथिबोल्दै प्रदेश सभा सदस्य अधिकारीले दुर्गा भवानी मन्दिर निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यस मन्दिरलाई धार्मिक पर्यटन स्थलको रुपमा विकास गर्ने र खाली भएको जग्गामा अन्य संरचना नबनाउने जस्ता सुझाव समेत दिएकी थिइन् ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले मदिर निर्माण गर्न सहयोग गर्ने बताएका थिए । ‘कोहलपुरका मठ मन्दिरहरुलाई व्यवस्थापन गर्न नगरपालिकाले गुरुयोजना बनाउँदैछ, गरुयोजना बनेपछि सोही अनुसार काम गर्नेछौं’ उनले भने ।

यस्तै दुर्गा भवानी मन्दिर रेखदेख समितिका उपाध्यक्ष नेत्र बहादुर शाहीले मन्दिर निर्माणका लागि सबैको सहयोग आवश्यक पर्ने बताए । उनले मठ मन्दिरहरु संरक्षण तथा प्रबर्धन गर्ने योजना सहित पालिका पनि लाग्नुपर्ने सुझाव दिए । नगरपालिकामा रहेका मठ मन्दिर निर्माण गरी धर्म साँस्कृतिकलाई जोगाउने सबैको दायित्व भएकोले सबैको आर्थिक सहयोग गरिदिनुहुन अनुरोध समेत गरे ।

कोहलपुर वडा नं. २ का वडा अध्यक्ष हरि कठायत तथा वडा सदस्य, राजनितिक दलका प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी लगायतको उपस्थित रहेको थियो ।