अर्घाखाँची आगलागीमा जलेर चार जनाको मृत्यु




अर्घाखाँची ।

अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर चार जनाकाे मृत्यु भएकाे छ ।

मंगलबार दिउँसो भुमिकास्थान २ तिरतिरेमा पदम बेल्बासेको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएका ७२ वर्षीय पिताम्बर बेल्बासे, ५५ वर्षीय पदम बेल्बासे र ५२ वर्षीय घनश्याम बेल्बासे र ३६ वर्षीय माधव बेल्बासेको उपचारको क्रममा मृत्य भएको हो ।

सो आगलागीमा परी घाइते भएकालाई शुरुमा जिल्ला अस्पताल सन्धिखर्कमा उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पाका लागि रेफर गरिएको थियो ।

पाल्पा मिशन अस्पतालमा पनि उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएकोमा उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा तीनै जनाको बाटोमै मृत्यु भएको र माधवको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित मिति : २०८० वैशाख २७ गते बुधबार