सबैभन्दा बढी कर बुझाउने नेपालगन्ज मेडिकल कलेज सम्मानित

कोहलपुर ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेजलाई कोहलपुर नगरपालिकाले सम्मान गरेको छ ।

सबैभन्दा बढी कर बुझाउने संस्था मध्येबाट लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेजलाई सम्मानित गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य किशोरसिंह राठोर र नगर प्रमुख पूर्ण प्रसाद आचार्यले मेडिकल कलेजलाई सम्मानित गरेका हुन् ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेजले एक वर्षमा २२ लाख १८ हजार १२ रुपैयाँ कर बुझाएको छ ।