कोहलपुर टुडेका प्रकाशक डिल्ली शाहीलाई नगद १ लाख सहित सम्मान

कोहलपुर ।

कोहलपुर नगरपालिकाको १०औं स्थापना दिवसको अवसरमा कोहलपुर टुडेका प्रकाशक/कार्यकारी सम्पादक डिल्ली शाहीलाई उत्कृष्ट पत्रकारीता पुरस्कारबाट नगद सहित सम्मान गरेको छ ।

कोहलपुर नगरपालिकाले यस क्षेत्रमा सत्य, तथ्य, निष्पक्ष तथा खोजमुलक पत्रकारीता एवम् नागरिक सचेतना अभिबृद्धि क्षेत्रमा कलम चलाएको भन्दै उत्कृष्ट पत्रकारीता पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य किशोरसिंह राठोर र नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर टुडेका डिल्ली शाही, मिसन टुडेका शुभाकर विश्वर्मा, साहारा टिभि खबरका हिमांसु शाही र समयपाटीका सर्जन आरसीलाई सम्मान गरेका हुन् ।

सम्मान प्राप्त गर्ने डिल्ली शाहीलाई १ लाख, शुभाकर विश्वकर्मालाई ५० हजार र हिमांसु शाहीलाई २५ हजार नगद पुरस्कार सहिद नगद सम्मान गरेको थियो । कोहलपुर टुडेका प्रकाशक/कार्यकारी सम्पादक विगत लामोसमयदेखि बाँकेमा पत्रकारीता गरिरहेका छन् ।

उनी नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य हुन् ।