Kohalpur Today Header Ads

इनोभेटिभ आइडिया प्रतिभा डबलीमा हुलाकका प्रमुख पाण्डे छनोट




काेहलपुर । 

जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डे नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको इनोभेटिभ आइडिया (नविन सोच) सम्बन्धी प्रतिभा डवली कार्यक्रममा छनोट भएका छन् ।

मन्त्रालयले राष्ट्रसेवक निजामती कर्मचारीको नीति तर्जुमामा सहयोग, नीति कार्यान्वयन, सेवा प्रवाह तथा विकास निर्माण लगाएतका विषयमा कार्यसम्पादनको सिलसिलामा वा सोका अतिरिक्त आफुमा अन्तरनिहित प्रतिभा उजागर उत्तम नतिजा हांसिल गर्न प्रेरित गर्ने उद्देश्यले इनोभेटिभ आइडिया (नविन सोच) प्रतिभा डवली कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

LIfe Ok

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९ चैत्र १ सार्वजनिक सूचना प्रकाशित गरेर राष्ट्रसेवक निजामती कर्मचारीहरुबाट अनलाइन मार्फत प्रतिभा डवलीका लागि इनोभेटिभ आइडिया (नविन सोच) संकलन गरेको थियो । सहभागी आइडिया मध्येबाट उच्च अंक प्राप्त गर्ने तीस जना सहभागीको प्रारम्भीक सूची सार्वजनिक गरिएको छ ।

पाण्डेलाई नेपाल सरकारले निजामती सेवा दिवश २०७९ को अवसरमा पचास हजार पुरस्कार रासीको निजामती सेवा पुरस्कार प्रदान गरेको थियो ।

पाण्डेले वाणिज्य कार्यालय नेपालगंजमा कार्यालय प्रमुख रहंदा सेवाग्राहीको सहजताका लागि सबै कामकाम लागि एउटै साझा निवेदन ढांचाको विकास, विभिन्न नगरपालिकाहरुमा काम गर्दा रोजगारी तथा क्षमता विकास, हरियाली र सरसफाई तथा सार्वजनिक सरोकारका पूर्वाधार निर्माणमा समेत उल्लेखनिय भूमिका निर्वाह गरेको पाइन्छ भने संस्कृति जगेर्ना, साहित्य, लेखन तथा समाज सेवामा समेत पाण्डेको उल्लेखनिय संलग्नता रहेको छ । पाण्डे नैतिक मूल्य तथा सुशासन विषयमा नेपाल सस्कृत विश्व विद्यालयबाट विद्यावारिधी गरि रहेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० वैशाख २४ गते आइतबार