संखुवासभा हेलिकोप्टर दुर्घटना : एक जनाको निधन

संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। अप्पर अरुण हाइड्रो पावरको सामन लाने क्रममा हेलिकोप्टर दुर्घटना भएको थियो।

दुर्घटनाका घाइते भविन गुरुङको मृत्यु भएको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए। उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएपछि तुम्लिङटार विमानस्थल लगिएको थियो। उक्त विमानस्थलबाट एम्बलेन्समा पोस्टमार्टमका लागि खाँदबारी अस्पताल लगिएको छ।

पाइलट सुरेन्द्र पौडेल, सवार मनोज थापा र चालक दलका सदस्य छिरिङ भोटेलाई काठमाडौंमा उपचारका लागि ल्याइएको छ।

त्यस्तै हेलिकोप्टरबाट हाम फालेर बाँचेका बिक्रम नेपाल सामान्य घाइते छन्। उनको खाँदबारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।