शिवशक्ति आविद्वारा शैक्षिक क्यालेन्डर बिमोचन

कोहलपुर ।

कोहलपुर नगरपालिका २ मा रहेको शिव शक्ति आधारभूत विद्यालयले शैक्षिक सत्र २०८० सालको क्यालेन्डर बिमोचन गरेको छ ।
आज कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले शैक्षिक क्यालेन्डर बिमोचन गरेका हुन् ।

बिमोचन गर्दै नगर प्रमुख आचार्यले कोहलपुरमा शिवशक्ति आविलाई नमूना आविको रुपमा विकास गर्नेे संकल्प रहेको बताए ।

कोहलपुर नगरपालिकाले सबैभन्दा बढि शिक्षा क्षेत्रमा लगानी रहेको भन्दै कोहलपुरमा सबै कक्षाहरुमा परिक्षा सञ्चालन गर्ने र पास र उर्तिण गर्ने योजना ल्याउने नगर प्रमुख आचार्यले बताए ।

विद्यार्थीहरुलाई १ मा भर्ना भयो भने २ मा सिधै पास हुने प्रवृतिकै कारणले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास घट्दै गएको भन्दै अब सबै कक्षाहरुमा परीक्षा प्रणालीबाट नै यसको समाधान हुने प्रमुख आचार्यले बताए ।

‘अभिभावकलाई त्यसै पास गरिदिन्छन्, किन हामी विद्यालयमा जाने भन्ने भ्रम छरिएको छ ? त्यसकारणले सबै कक्षामा परीक्षा गराउन आवश्यक छ ।’ अभिभावक, शिक्षक र बालबालिकाहरुको समधुर सम्बन्ध निर्माण गर्न सबैको भूमिका हुने विश्वास व्यक्त गरे ।

यस्तै शिवशक्ति आविका प्रअ बद्रि सापकोटाले ४ सय ५७ जना विद्यार्थीहरु भर्ना भएका छन्, पहिलेको भर्ना तथ्थांक अनुसार अहिलेको करिब ६० प्रतिशत बालबालिकाहरु भर्ना भएको बताए । सापकोटाले शैक्षिक सत्र २०८० को क्यालेन्डर अनुसार एक वर्षमा हुने शिक्षण क्रियाकलापमा हुने गतिविधि, अध्यापन तथा अन्य आन्तरिक मुल्याकंन जस्ता विषयबस्तुहरु समेटिएको छ ।

यस्तै कार्यक्रममा सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्मा, विव्यस अध्यक्ष विरेन्द्र कुमार बस्नेत, शिक्षक संघका अध्यक्ष बद्रि प्रसाद शर्मा लगायत करिब ३० जना अभिभावकहरुको उपस्थिति रहेको थियो ।