Kohalpur Today Header Ads

नगर विकासले दिएको सटर भाडामा छुट गरिदिन कोहलपुरका व्यवसायीको आग्रह




कोहलपुर ।

नगर विकासले दिएको सटर र घर भाडामा २० प्रतिशत छुट गर्न व्यवसायीहरुले कोहलपुर नगर विकास समितिलाई आग्रह गरेका छन् । आज व्यवसायिक हकहित संरक्षण समिति कोहलपुरले नगर विकासले दिएको सटर घर भाडामा २० प्रतिशत छुट गर्न नगर प्रमुख पूर्ण प्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाललाई बुझाइएको हो ।

समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठ र सचिव तिलक सिंह कार्कीले नगर विकासले दिएको सटर र घर भाडामा २० प्रतिशत छुट गर्नुपर्ने भन्दै पत्र बुझाएका हुन् ।

LIfe Ok

संयोजक श्रेष्ठले २ वर्ष अघिको कोरोना महामारीका कारण व्यापार व्यवसाय धरासायी भएको र अहिलेको आर्थिक मन्दीका कारणले थप व्यापार व्यवसायमा मार गरेको भन्दै नगर विकास समितिको स्वामित्वमा रहि बहालमा लगाइएका घर सटरहरुको सम्झौतामा कवुल गरिएको भाडामा कम्तिमा १५ देखि २० प्रतिशतसम्म छुट गर्न आग्रह गरिएको बताए ।

‘नगर विकास समिति तथा स्थानीय सरकार जनताको अभिभावक हो’, उनले, ‘आफ्नो स्वामित्वमा रहेका सटरभाडामा कम्तीमा १५ देखि २० प्रतिशत भाडादरमा छुट दिनुपर्र्छ ।’ तर व्यवसायमा सुधार भएपछि सम्झौता अनुसार सटर र घर भाडा दिन हामीलाई कुनै हुने गाह्रो छैन ।’ सम्झौता बमोजिम भाडादर दिनेछौं तर अहिलेको अवस्थामा छुट गरिदिनुहुन्छ भन्ने पूर्ण विश्वास सहित आएका नत्रभने कोहलपुरका व्यवसायीहरु धमाधम सटर वन्द गरेर पलायन हुने अवस्था आएको संयोजक श्रेष्ठले दुखेसो पोखे ।

पत्र बुझाउँदा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य चक्र अधिकारी, समितिका सह–संयोजक विष्णु प्रसाद खनाल, समितिका सदस्य शेषकान्त शर्मालगायतको उपस्थिति रहेको थियो ।

व्यवसायिक हकहित संरक्षण समितिले पछिल्लो समय बैंकको ब्याजदर घटाउनु पर्ने र घरधनीले व्यवसायहरुलाई घरभाडामा छुट माग राखेर दवावमुलक कार्यक्रम गर्दै आएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० वैशाख २० गते बुधबार