कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका-२ मा रहेको जनज्योति पब्लिक हाई स्कुलद्धारा शिक्षकहरुलाई दुई दिने शिक्षक अभिमुखिकरण तालिम आजबाट सुरू गरिएको छ ।
बालबालिकाको शिक्षण सिकाई उपलब्धि प्रभावकारी बनाउन विभिन्न योजना सहित अगाडि बढेको विद्यालयले सोही अनुसार आजबाट शिक्षकहरुलाई शिक्षक अभिमुखिकरण तालिम दिन सुरु गरेको हो । यो तालिम भोलीसम्म चल्नेछ ।
शिक्षकहरुको पेशाप्रतिको आत्मसम्मान र विकास गर्न शिक्षकलाई ‘एक्टिभिटी बेस्ड’ अभिमुखिकरण तालिम दिइएको विद्यालयका म्यानेजिङ्ग डाइरेक्टर बेग प्रकाश चन्दले बताए ।
तालिमबाट शिक्षकहरुले बालबालिकाहरुको शिक्षण सिकाई, बानी र व्यवहारमा सकारात्मक परिवर्तन हुने विश्वासका साथ यो तालिम दिइएको चन्दले बताए ।
यस तालिमका सहजकर्ता ढुंडीराज गिरीले शिक्षकहरुले बालबालिकाहरूलाई घोकाउने र रटाउने तरिकालाई निरूत्साहित गर्दै विद्यार्थी स्वयम् क्रियाशील भई अध्ययन गर्न अभिप्रेरित गर्न सहयोग हुने बताए ।
यस्तै विद्यालयका प्रिन्सिपल जनक चन्दले विद्यालयमा विगत ६ वर्षदेखि प्रि-प्राइमरी कक्षामा ‘एक्टिभिटी बेस्ड’ प्रविधिमैत्री शिक्षण सिकाई भइरहेको बताए ।
उक्त कार्यक्रमको उद्घाटन सत्रको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर चन्दले गरेका थिए भने कार्यक्रम सञ्चालन विद्यालयका भाइस-प्रिन्सिपल शालिग्राम शर्माले गरेका थिए ।
काेहलपुर टुडे । १५ बैशाख २०८०, शुक्रबार १६:४४